नक्सा पास गर्न नगरपालिकाले ६० प्रतिशत छुट दिने
काठमाडौँ, ३० साउन । भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि नक्सा पास गर्न कीर्तिपुर नगरपालिकाले ६० प्रतिशत छुट दिने भएको छ ।
कीर्तिपुर नगरपालिकामा हिजो यहाँ आयोजित २१ औँ विशेष नगर परिषद् नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाले भूकम्पकै कारण आव २०७१÷७२ मा सम्पन्न हुन नसकेका विकासको योजना र आव २०७२÷७३ को लागि गरिएका योजना समेतलाई समायोजन गरी योजनाको छनोट र कार्यान्वयन गरिने बताउनुभयो ।
सभासद् राजेन्द्रकुमार केसीले नगरपालिका गठन भएको दुई दशक पुग्दासमेत अपेक्षित रुपमा विकास गर्न नसक्नाको मुख्य कारण राजनीतिक दलहरु जिम्मेवार रहेको बताउनुभयो ।
अर्का सभासद् दीक्षाकुमार तामाङले कीर्तिपुर नगरपालिकाको वार्षिक बजेट अत्यन्तै सानो भएकाले बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया ।