काठमाडौं जिल्ला खेलकुद प्रमुखमा ध्रुवराज न्यौपाने

काठमाडौं जिल्ला खेलकुद प्रमुखमा ध्रुवराज न्यौपाने

कपन अनलाइन, साउन-२९ /ध्रुवराज न्यौपाने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पदमा मनोनित भएका छन् । काठमाडौं जिल्ला क्षेत्र नं. ४ मा नेकपा एमालेको राजनीतिसमेत गर्ने न्यौपाने लामो समय तत्कालिन कपन गाविसमा नेकपा एमालेका अध्यक्ष थिए । खेलकुदका क्षेत्रमा सकृय सहभागिता देखाउँदै आएका न्यौपाने राजनीतिसहित सामाजिक जीवनमा पनि क्रियाशिल नाम हो । उनी कपनक्षेत्रको सबैभन्दा ठूलो सामाजिक संस्था जोरधारा खानेपानी संस्थाको अध्यक्षसमेत हुन् भने नेकपा एमालेसम्बन्धित खेलकुद महासंघका केन्द्रिय सदस्य पनि हुन् ।

406069_380018542052574_1537280346_n
तत्कालिन गाउ खेलकुद विकाससमिति अध्यक्ष हुदा न्यौपाने ,पछिलो पङतिमा दायाँ बाट दोस्रो (असार- १८ – २०६९ )

राष्ट्रिय खेलकुद परिषद्ले प्रेषित गरेको एक औपचारिक पत्रमा ध्रुवराज न्यौपानेलाई आगामी ४ वर्षका लागि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पदमा मनोनयन गरिएको व्यहोरा अवगत गरिएको छ । राष्ट्रिय खेलकुद परिषदकअ अध्यक्ष केशवकुमार विष्टद्वारा हस्ताक्षरित पत्रमा परिषदको ऐन नियम तथा नियमावली एवम् प्रचलित कानून वमोजिम दैनिक प्रशासनिक कार्यहरु तथा काठमाडौं जिल्लाको सबै खेलकुद कार्यक्रम संचालन गर्न गराउन अधिकार दिइएको छ । हाल अष्ट्रेलियामा छुट्टी मनाइरहेका न्यौपाने आज  स्वदेश फर्किएर काठमाडौं जिल्ला खेलकुद विकास समितिको कार्यभार सम्हाल्ने श्रोतले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।