विद्यार्थीको नजरमा विद्यालय: हामिले बुझेको नव ज्ञानभूमि बोर्डिङ हाई स्कुल,बुनपा-४
कपन अनलाइन
काठमाडौं, फागुन १७/आशिका घले
बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा अवस्थित नवज्ञानभूमि बोर्डिङ हाई स्कुलको सुरुवात १४ वर्ष अगाडि भएको थियो।
यस विद्यालयका प्रधानाध्यापक प्रदीप कट्टेल हुनुहुन्छ भने विद्यालयका अन्य सञ्चालकहरुको प्रत्यक्ष सहयोग र सहभागितामा सञ्चालित यो विद्यालयमा छ जना विद्यार्थीबाट सुरू भई हाल ८०० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । यस विद्यालय सञ्चालन गर्ने क्रममा विद्यालयले अभिभावक र समुदायबाट निकै सहयोग पाएर नै यो विद्यालय यहाँसम्म आउन सफल भएको छ।
नवज्ञान भूमि विद्यालय विसं २०६६ सालमा स्थापित भएको थियो। छ जना विद्यार्थीहरूबाट मात्र सुरुवात भएतापनि अहिले ८०० जनाभन्दा बढी विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन्।
नवो ज्ञानभूमि बोर्डिङ स्कुल बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा अवस्थित रहेको छ।हात्तीगौडाबाट सिधा बाटो हुँदै घुम्ती भन्ने स्थानबाट तल गएर दुई तीन मोड पश्चात नवज्ञानभूमि विद्यालयमा पुग्न सकिन्छ।
नवज्ञानभूमि हाइस्कुल खोल्नुको मुख्य कारण नै शिक्षामा सबैको पहुँच वृद्धि गर्नु हो र विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी र सीपहरूको आधारभूत तत्त्वको बारेमा शिक्षा दिने यस विद्यालयको महत्वपूर्ण भूमिका हो।
यस विद्यालयको स्थापना कालका प्रधानाध्यापक अमृत रेग्मी सहितको टीम र विद्यालयप्रति अभिभावक र समुदायको विश्वास प्राप्त भएर समाजमा भएका सबै व्यक्तिहरूले समेत आआफ्नो छोराछोरीहरुलाई विद्यालयमा पठनपाठनका लागि पठाई सहयोग गरेका थिए । यस विद्यालयको प्रमुख उद्देश्य कम मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।
यस विद्यालयले शिक्षाका साथसाथै खेलकुद ,व्यवहारिक काम आदि अतिरिक्त कुराहरूमा पनि जोड दिएको छजहाँ विद्यालयमा नाचगान र नाटक जस्ता अतिरिक्त गतिविधिहरू पनि सञ्चालन गरिएको छ। यसमा विद्यार्थीहरूलाई रुचि बढाउने र यस सम्बन्धी शिक्षा आर्जन गर्नमा सहयोग गर्नु विद्यालयको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ।
(यस शृंखलामा विद्यालयका विद्यार्थीहरुको नजरमा विद्यालयका गतिविधि प्रस्तुत गरिनेछ।आशिका घले लिनव ज्ञानभूमि बोर्डिङ हाई स्कुल,बुनपा-४ मा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन्)
तपाइँको प्रतिक्रिया ।