काठमाण्डौमा सबै वडा अधिवेसन सम्पन्न गर्ने पहिलो नगर बन्यो नेकपा एमाले बुढानिलकण्ठ
कपन अनलाइन
काठमाडौं,माघ १६।
नेकपा एमाले बुढानिलकण्ठ काठमाण्डौ जिल्लाका ११ स्थानीय तहमा सबै वडा अधिवेसन सम्पन्न गर्ने पहिलो नगर कमिटी बनेको छ। मंगसिर ३० गते बुढानिलकण्ठ -१२ जिल्ला मै पहिलो अधिवेसन गरेको नगर कमिटीको माघ १५ गते अन्तिम वडा नं ३ को अधिवेसन भएको छ।
१३ वटा वडाहरुको अधिवेसन सम्पन्न गरे संगै नगर कमिटीले माघ १६ गते बुढानिलकण्ठ मन्दिर चौतारीमा अन्तर कमिटी हाजिरी जवाफ प्रतियोगीताको आयोजना गरेको छ।
वडा अधिवेसनहरु सम्पन्न गरे संगै नगर कमिटी अधिवेसनको तयारी गरेको नेकपा एमाले बुढानिलकण्ठले
१३ वटा वडा कमिटी र तिन वटा जन संगठनका १६ वर्ष देखि २५ वर्ष उमेर समुहका सदस्यहरुको सहभागिता रहने सो प्रतोयोगिता माघ १६ गते दुई चरणमा सम्पन्न हुने नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।
नेपाली कम्युनिस्ट आन्दोलान , विश्व कम्युनिस्ट आन्दोलन , बुढानिलकण्ठ नगरपालिकाका विभिन्न पक्ष तथा विज्ञान प्रविधिका विषयहरुमा तयार पारिएको प्रश्नावलीबाट प्रतोयोगिता संचालन हुने जानकारी दिदै अध्यक्ष डंगोलले विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको बताएका छन।