शिवपुरी-नागार्जुन रास्ट्रीय निकुन्जमा अनलाइन टिकट सेवा सुरु, पाँच युवाले गरे सुरुवात

शिवपुरी-नागार्जुन रास्ट्रीय निकुन्जमा अनलाइन टिकट सेवा सुरु, पाँच युवाले गरे सुरुवात

कपन अनलाइन

काठमाण्डौ,माघ १।

शिवपुरी-नागार्जुन रास्ट्रीय निकुन्जमा अनलाइन टिकट सेवा सुरु भएको छ। माघ १ गते बिहान ७.४५ बजे पहिलो पटक अनलाइन सेवा उपयोग गरी टिकट काटेका पर्यटकहरुलाई स्वागत गरिएको छ।

शिवपुरी पर्वत शृंखलाको अबलोकन गर्न आएका पाहुनाहरुलाई निकुञ्जका प्रमुख गणेश पन्त, वन विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुङ्गाना, नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, मध्यवर्ती क्षेत्र विष्णु-चपली अध्यक्ष धावा तामाङ्ग लगायतले मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए।

आज माघ १ गते निकुन्जको केन्द्रीय कार्यालय रहेको  रहेको बुढानिलकण्नठ पानी  मुहानमा  टिकट काटेर निकुन्ज घुम्न आएका राजीव खड्का, आविक सिलवाल, रक्षक अधिकारी, कृष्ण सुवेदी र प्रदिप तिमिल्सीनालाई स्वागत गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।