माघ १ गते हुने तारेभिर महोत्सवको तयारी तीव्र,आज कविता महोत्सव हुने
कपन अनलाइन
काठमाण्डौ,पुस २७ ।
माघ १ गते हुने दशौ तारेभिर महोत्सवको तयारीलाई तीव्र पारिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा हुने महोत्सवको तयारी र प्रचारका लागि आज कविता महोसव आयोजना गरिएको छ।
माघ १ गते संचालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ को गोकर्ण र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठबाट सहज रुपमा पुग्न सकिने तारेभिरमा हुने सो महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन।
कसरि पुग्ने तारेभिर ?
काठमाण्डौ उपत्यकाकाका जुनसुकै स्थानबाट सजिलै पुग्न सकिने तारेभिर जानका लागि दुई वडा मार्ग प्रयोग गर्न सकिनेछ। सो स्थानमा पुग्न चुच्चेपाटी -जोरपाटी हुदै गोकर्ण पुलबाट सुन्ताखान बालुवा हुदै तारेभिर पुग्न सकिन्छ।
त्यस्तै चक्रपथ -बाँसबारी हुदै बुढानिलकण्ठ देउवा चोकबाट बुढानिलकण्ठ वडा नं २ को बंदेली हुदै पनि तारेभिर पुग्न सकिन्छ।