बुढानिलकण्ठ-६ टनगाउँबाट पक्राउ परेका बम्जनको कोठामा छिर्दा जनप्रतिनिधि चकित ….
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ टनगाउँ शान्ति नगरबाट पक्राउ परेका राम बहादुर बम्जनको कोठामा छिर्दा जनप्रतिनिधि चकित परेको बताएका छन। मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ ।
विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन।
बम्जन पक्राउ परे पछि उनि बसेको घरमा पुगेका वडा नं ६ का अध्यक्ष रवि खड्काले त्यहा ठुलो परिणाममा नगद र मोबाइलहरु भेटिएको बताए।
नेपाल प्रहरीको सिआइबिले बम्जनलाई पक्राउ गरे संगै उनको घरमा रहेको एक कोठा खोल्न बम्जनकी श्रीमतीले चावी छैन भन्दै आनाकानी गरे पछि प्रहरी र जनप्रतिनिधिहरुको उपस्थितिमा खोल्दा सो नगद र अन्य सामाग्री भेटिएको खड्काले जानकारी दिएका छन।
बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार करिव १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा उनले झ्यालबाट भाग्ने प्रयास गरेका थिए ।