तिन पदका कारण स्थगित कपन जोरधारा खानेपानी संरक्षण संस्थाको साधारण सभा पुस २७ गते
कपन अनलाइन
काठमाण्डौ ,पुस २५।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० ,११ र १२ का विभिन्न क्षेत्रमा खानेपानीको सुविधा प्रदान गर्दै आएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको साधारण सभा स्थगित भएको छ।
पुस २१ गते वडा नं १२ को इभर साइन पार्टी प्यालेसमा भएको साधारण सभा तिन पद अध्यक्ष ,बरिस्ट उपाध्यक्ष र महासचिवमा धेरै जनाको उम्मेद्वारी परेपछि नमिल्दा स्थगित भएको थियो।
विभिन्न आरोह अवरोह खेप्दै लामो समयपछि साधारण सभा आयोजना गरेको सो संस्थाको नेतृत्वका लागि तिन जनाको उम्मेद्वारी परेको छ भने बरिस्ट उपाध्यक्ष र महसचिवमा दुई/ दुई जनाको उम्मेद्वारी परेको छ।
संस्थाको अध्यक्ष पदका लागि कुमार कसजु,टंक सापकोटा र डिल्ली ढकालले दावी गरेका छन भने बरिस्ट उपाध्यक्षमा ऋद्धि प्रसाद पन्त र डोरराज भण्डारीले उम्मेद्वारी दिएका छन।
पुस २७ गते जोरधारा खानेपानी संरक्षण संस्थाको कार्यालयमा हुने साधारण सभामा महासचिव पदका लागि राजन ढकाल र भेष बहादुर डोटेलले उम्मेद्वारी दिएका छन।
तिन पदमा सहमति हुन् नसक्दा स्थगित भएको साधारण सभाबाट अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत रुपमा चयन भएका थिए।