नेकपा एमाले बुढानिलकण्ठ-१० को अधिवेसनमा जनप्रतिनिधि र अग्रजहरुलाई सम्मान गरिने
कपन अनलाइन
काठमाडौं, पुस ४।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीको दोश्रो अधिवेसन यहि पुस १४ गते हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीले सो अधिवेसनको अवसरमा साविक कपन गाविस वडा नं ३ र हाल वडा नं १० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
नेपालका जुनसुकै तहमा पनि निर्वाचित भएर वडा नं १० मा बसोवास गर्ने जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरेको वडा नं १० कमिटीले पुस ९ गते भित्र सम्पर्क गरी नाम दर्ता गर्नका लागि सबै जनप्रतिनिधिहरुमा अनुरोध समेत गरेको छ ।
त्यस्तै सो कमिटीले २०५५ साल भन्दा अघि देखि २५ बर्ष वा सो भन्दा बढी बुनपा १० को पार्टीमा आवद्ध नेताहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको वडा नं १० कमिटीका सचिव शम्भु शरण पौडेलले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।