बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता सहायता कक्ष शुभारम्भ

बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता सहायता कक्ष शुभारम्भ
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १७।
बुढानीलकण्ठ नगरपालिकामा अपाङ्गता सहायता कक्ष शुभारम्भ भएको छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारि नगरपालिकामा अपाङ्ग व्यक्तिहरुका लागि स्थानीय तहबाट प्रदान गरिने विविध सेवा, मनोविमर्श लगायतका सेवा तथा परामर्श प्रदान गरिेने हेतुले सो कक्षको आज शुभारम्भ गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा नै रहेको अवस्थामा सो कक्षको शुरुवात गरिएको छ। जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखाको अगुवाईमा आज शुरु गरिएको सहायता कक्षमा विभिन्न विषेशज्ञको परामर्श सेवा समेत शुरु गरिने जनाइएको छ । आजको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल कार्ड समेत वितरण गरिएको छ।
नगरपालिकाभित्र सूचिकृत रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल कार्ड प्रदान गरि अपाङ्गता दिवसलाई सफल रुपमा मनाइएको छ।
त्यसका साथै नगरपालिकालाई तथा नगरपालिकामा सूचिकृत अपाङ्गता भएका व्यक्तिहरुका लागि विविध रुपमा सहयोग पुर्याउँदै आएका विभिन्न संस्थाहरु The Leprocy mission Nepal, बाल अपाङ्ग टेवा संस्था लगायत विभिन्न व्यक्ति तथा सामाजिक संघ संस्थाहरुलाई  कार्यक्रममा सम्मान पनि  गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।