बुढानिलकण्ठका ठुला करदाता सम्मानित,संस्थागतमा ह्याम्स,पुरुषमा विजय र महिलामा डोल्मा याकी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
बुढानीलकण्ठ नगर स्थापना दिवसको अवसर पारेर मंसिर १६ गते आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिकाको बढी कर तिर्ने करदाताहरुलाई नगर प्रमुख मिठाराम अधिकारीले सम्मान गरेका थिए ।
नगर स्तरीय र वडा स्तरियका संस्था, महिला तथा पुरुष गरी विभिन्न ३ विधामा गरिएको कार्यक्रममा नगरपालिका भरिकै उत्कृष्ठ कर तिर्ने संस्था तर्फ वडा नं ९ मा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्यम्स) लाई सम्मान गरिएको थियो
त्यस्तै महिला तर्फ वडा नं ११ की डोल्मा याकी सबै भन्दा ठुलो करदाता बनेकी छन भने तथा पुरुष तर्फ वडा नं ९ का विजय सम्वाहाम्फे ठुलो करदाता बनेका छन।
त्यस्तै सो अवसरमा वडागत रुपमा उत्कृष्ठ कर तिर्ने हरेक वडाका एक संस्था, १ महिला र १ पुरुषलाई सम्मान गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।