तिहार नजिकिए संगै झिलिमिली बन्यो कपन निलोपुल …..
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनमा रहेको निलोपुल-रुद्रमती चोक क्षेत्र झिलिमिली भएको छ।
रुद्रमती (धोवीखोला ) कोरिडोरमा रहेको निलोपुल देखि रुद्रमती चोक सम्म स्थानीय ब्यापारीहरुले तिहारलाई लक्षित गर्दै रंगिन बत्तिहरु राखेका छन।
काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने निलोपुल क्षेत्रमा कपडा ,रेस्टुरेन्ट, तरकारी बजार सहित विभिन्न व्यवसायहरु संचालन हुदै आएका छन। फोटो : अर्पण सिवाकोटी
तपाइँको प्रतिक्रिया ।