उच्च अदालतको फैसलाले नेसनल प्याव्सनमा तरंग : सुवाषलाई राहत , पाण्डवलाई झट्का
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १५।
लामो समय देखि चल्दै आएको रास्ट्रीय निजि तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याव्सन ) नेतृत्व विवादमा उच्च अदालतले उत्प्रेसन आदेश दिएको छ।
उच्च अदालत पाटनको आदेश अनुसार अब नेसनल प्याव्सनको अध्यक्षका रुपमा सुवाष न्यौपाने रहनेछन भने पाण्डव हमाल सह अध्यक्ष रहनेछन।
२०८० साल असोज १७ गते नेसनल प्याव्सनका निवर्तमान अध्यक्ष पाण्डव हमालले अन्तरिम आदेशका दिएको निवेदन उपर अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ।
रास्ट्रीय महाधिवेसनमा भएको आलोपालो अध्यक्षको सहमति पालना हुनुपर्ने माग राख्दै आएको तत्कालिन सह अध्यक्ष सुवाष न्यौपानेले समुहले असोज १३ गते अनुपम फुडल्याण्डमा कार्यक्रम गर्दै अध्यक्षको पदभार ग्रहण गरेका थिए।
न्यौपानेले अध्यक्ष पदमा पदभार ग्रहण गरे संगैअसोज १७ गते उच्च अदालत पुगेका पाण्डव हमालको पक्षमा अन्तरिम आदेश जारी भएकोमा आजको आदेशले सो फैसला निस्क्रिय भए संगै उनको अध्यक्षको काम गर्ने बाटो खुलेको छ।
उच्च अदालत पाटनले कार्तिक १५ गते दिएको आदेशमा २०५४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ दर्ता रहेको नेसनल प्याव्सनको नियामक निकाय जिप्रका रहेको उल्लेख गरिएको छ ।
२०८० असोज १७ मा हमाल र असोज १९ मा न्यौपानेले जिल्ला प्रसाशन कार्यालय काठमाण्डौमा पनि निवेदन दिएको उल्लेख गर्दै सो फैसलामा ति निवेदनका विषय सम्बोधन हुनुपर्ने प्रकृतिको देखीएकोले अन्तरिम आदेशलाई निरन्तता दिनुपर्ने अवस्था नरहेको जानकारी प्रदान गरिएको छ ।
उच्च अदालतको आदेश :