तिन जिल्लाको संगम चिसापानीबाट सुर्योदय हेर्दा …….
कपन अनलाइन
काठमाडौं, कात्तिक १३।
काठमाण्डौ ,नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगम स्थल चिसापानी चर्चित पर्यटकीय क्षेत्र हो। तिन जिल्लाको संगम रहेको चिसापानी सुर्योदय अवलोकन गर्नका लागि पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ।
काठमाण्डौ उपत्यकाबाट पैदल वा सवारी साधनको प्रयोग गरेर पुग्न सकिने यस स्थान नजिकै गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको धाप ताल पनि पछिल्लो समय चर्चित बन्दै गएको छ।
बुढानिलकण्ठ नगरपालिकाको पानी मुहान ,गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल,कागेश्वरी नगरपालिकाको कागेश्वारी धाम र टोखा जिल्लाको गुर्जे भन्ज्याङबाट पैदल र सवारी साधनको प्रयोग गरेर पुग्न सकिने चिसापानीमा खान र बस्नको राम्रो व्यवस्था रहेको छ।
तस्विर : पुन्यराज पुडासैनी /रविन्द्र थापा
तपाइँको प्रतिक्रिया ।