भिरबाट लडेर चम्पादेवी गाउँपालिका वडा नं १ मा एक महिलाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १।
चम्पादेवी गाउँपालिका वडा नं १ पलापु दासिङ्टार बस्ने बर्ष ३० की सङ्गीता मगरको मृत्यु भएको छ ।
मृतक मगर बुधबार दिउँसो २ बजेतिर घरबाट अलिक टाढा रहेको पाखामा घाँस काट्न गएकी थिइन् । घरबाट घाँस काट्न गएकी संगीत रातीसम्म घर नआएपछि परिवारहरूले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा विहिबार विहान सखारी पाखा भन्ने स्थानमा बाटो बाट करीब २५० मिटर लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।
बुधबार हराएकी संगीतालाई खोजी गर्ने क्रममा विहिबार विहान ८ बजेतिर शब फेला पारि प्रहरीलाइ विहान साढे ८ बजेतिर खबर गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।
मृतकलाइ छारेरोग सम्बन्धि समस्या रहेको र पाखामा घाँस काट्ने क्रममा रोगले छुँदा लडेर मृत्यु भएको हुनसक्ने स्थानीयले बताएका छन् । तथापी प्रहरी निरीक्षक सहितको टोली पुगेर शवलाई कानुनी प्रक्रियाका लागि पठाइने तथा आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।