युवा परिषद बुढानिलकण्ठले वक्तृत्वकला प्रतियोगिता गर्ने ,प्रथम हुनेलाई २५ हजार पुरस्कार

युवा परिषद बुढानिलकण्ठले वक्तृत्वकला प्रतियोगिता गर्ने ,प्रथम हुनेलाई २५ हजार पुरस्कार

कपन अनलाइन

काठमाण्डौ ,साउन २३

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस (12th August 2023) को अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको छ ।

Green Skills for Youth: Towards a Sustainable World. नारा सहित दिवसको अवसर पारेर “समृद्ध नगर निर्माणमा युवाको भूमिका” विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिता २०८० साल श्रावण २७ गते शनिवार नगरपालिका सभाहलमा आयोजना हुने आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गर्न यो दिवसको घोषण गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने लाई २५ हजार , दोस्रो लाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई ५ हजार रकम पुरस्कार तोकिएको छ ।

यस प्रतियोगितामा नगरपालिकामा स्थायी बसोवास गर्ने १६ देखि ३० वर्षका युवाहरु सहभागि हुन पाउने छन् ।

इच्छुक सहभागीले बूढानीलकण्ठ नगर युवा परिषद्को कार्यालय वा परिषदबाट जारी भएको अनलाईन https://forms.gle/rw3u6sdSXTWHCCJU7 फारम मार्फत आवेदन फर्म बुझाउन सकिने आयोजकले जानकारी दिएका छन्।

थप जानकारीका लागीः 

मिति :- २०८० साल श्रावण २७ गते शनिवार (12th August 2023)
समय :- बिहान ११ बजे बाट
स्थान :- सभाहल । बूढानीलकण्ठ नगरपालिका
आवेदन दिने अन्तिम म्याद :- सम्वत २०८० साल श्रावण २६ गते शुक्रबार १.०० बजे सम्म ।

पुरस्कार राशी
प्रथम पुरस्कार :- २५,०००/-
द्वितिय पुरस्कार :- २०,०००/-
तृतिय पुरस्कार :- १५,०००/- सान्त्वना पुरस्कार:- ५,०००/-

तपाइँको प्रतिक्रिया ।