शिक्षा ऐनका मस्यौदाहरू संशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने नेशनल प्याब्सनको तयारी
कपन अनलाइन
काठमाण्डौ ,साउन २३
नेशन प्याब्सनको कार्यसमिति बैठकले संघिय शिक्षा ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन (नेशन प्याब्सन) को आज बसेको बैठकले संघिय शिक्षा ऐनका मस्यौदामा रहेका विवादास्पद प्रावधानहरू संशोधन गरेर आफुहरूको माग समावेश गर्दै अगाडि नबढेमा देशभरिका विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको हो।
काठमाडौंको सिनामंगलमा बसेको संघर्ष तयारी बैठकले शिक्षा ऐनका मस्यौदाहरूमा उल्लेख गरिएका विवादास्पद प्रावधानहरू समयमा नै नसच्चाए देशभरिका विद्यालय बन्द गर्न र सरकारलाई ताला चावि बुझाउन आफुहरू बाध्य हुने नेशन प्याब्सनले जनाएको छ ।
नेशनल प्याब्सनका समस्या साथै, शिक्षा ऐनका प्रावधानहरू लाई समाधान गरेर अगाडि बढ्न सरकारलाई चुनौती दिदैँ नेसनल प्याब्सनले समस्याहरू समयमा नै समाधान तर्फ अगाडि नबढे विद्यालय बन्ददेखि विभिन्न विरोधका कार्यक्रमहरू घोषणा गर्ने पूर्व तयारी समेत गरेको छ । सरकारले आफुहरूलाई समाबेश गरेर निजि तथा आवासीय विद्यालयहरूको समस्यालाई समाधानको बाटोतर्फ लाग्न समेत जोडदार माग गरेको छ ।
नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न बैठकको प्रमुख आतिथ्यता नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले गर्नुभएको थियो ।
बैठकमा बाग्मती प्रदेशका उपाध्यक्ष देवनारायण महतो लगायत विभिन्न महानगरपालिका, पालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले बताउनुभयो । नेशनल प्याब्सनले आगामी श्रावण २३ गते मध्यान्ह १२ बजे अनुपम फुडल्याण्ड नयाँ बानेश्वरमा संस्थागत विद्यालय र सरोकारवाला निकायहरूको संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।