बुढानिलकण्ठका विद्यालयहरुलाई कडाई गर्न शक्तिशाली समिती,को को छन अनुगमन समितीमा ?
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
बुढानिलकण्ठ नगरपालिका भित्र संचालित सामुदायिक ,संस्थागत ,दार्मिक तथा अन्य प्रकृतिका शैक्षिक संस्थाहरुको अवस्थाका वारेमा अनुगमन गर्नका लागि शक्तिशाली समिती गढ़ान गरिएको छ।
नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुका विविध पक्षहरुको अनुगमन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिती गठन गरिएको हो।
साउन २१ गते बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको नगर शिक्षा समितीको बैठकले प्रमुख प्रसाशाकीय अधिकृत तुलसीराम अर्यालको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरेको हो।
उक्त समितीको सदस्यमा नगरपालिकाको शिक्षा ,खेलकुद तथा युवा महाशाखाका प्रमुख ललित विक्रम सिंह , नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती की संयोजक शान्ता ढकाल पुडासैनी र शिक्षा अधिकृत अनिता खनाल रहेका छन।
सो अनुगमन समितीले नगरपालिका भित्रका विधालयहरुको भौतिक ,शैक्षिक , छात्रवृति ,सेवा सुविधा सहित विविध पक्षहरुका वारेमा अनुगमन गरेर प्रतिवेदन तयार पार्नेछ।
त्यस्तै शिक्षा समितीको सो बैठकले आगामी शिक्षा दिवसलाई भव्य रुपमा मनाउनका लागि नगरपालिकाका सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीको संयोजकत्वमा आयोजक समिती पनि गठन गरेको छ। उक्त समितीको सदस्यहरुमा विभिन्न शिक्षक संघ संगठन , विधालयहरुका संघ संगठन तथा अन्य पेशागत समितीका प्रतिनिधिहरु रहने नगरपालिकाले जानकारी दिएको छ ।