मेरो घर खोला माथि बनेको प्रमाणित भए आजै भत्काउन तयार छु : नवराज भट्टराई

मेरो घर खोला माथि बनेको प्रमाणित भए आजै भत्काउन तयार छु : नवराज भट्टराई

कपन  अनलाइन

काठमाण्डौ ,साउन २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले संचार माध्यममा आए जस्तो खोला माथि आफ्नो घर रहेको भए आजै भत्काउन तयार रहेको बताएका छन।

केहि वर्ष पहिला आफु डुवान पिडित भएको भन्दै बोलेको कुरालाई हाल ल्याएर राज्यको आधिकारिक संचार मध्यम गोरखा पत्रमा समाचार बनाइएकोमा दुख ब्यक्त गर्दै प्रवक्ता भट्टराईले प्रमाणित गर्न चुनौती समेत दिएका छन।

बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित रुद्रमति सरसफाई, हरियाली प्रवर्द्धन तथा सौन्दर्यकरण अभियानको समिक्षा कार्यक्रममा बोल्दै भट्टराईले दशकौंदेखि निजी स्वामित्वमा रहेको आफ्नो घरलाई गोरखापत्र  राष्ट्रिय दैनिकले तथ्यहिन समाचार प्रकाशन गरी आफ्नो सामाजिक र राजनीतिक  जीवनलाई क्षेती पुर्याएकोप्रति खेद प्रकट गर्दै प्राविधिक जांच गरेर प्रमाणित गर्नका लागि आव्हान समेत गरेका छन।

अहिले आफुहरु कपन डुवान समस्यालाई जसरि पनि समाधान गर्नका लागि हरेक प्रयास गरिरहेको भन्दै उनले यसरि कपोकल्पित रुपमा भ्रम छर्नु कदापी उचित नरहेको धारणा समेत राखेका छन।

बुढानिलकण्ठ नगरपालिकाले रुद्रमती सरसफाई,हरियाली प्रवर्द्वन तथा सौन्दर्यकरण अभियान २०७९/८० को प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको  छ।

सो कार्यक्रममा ६० लाख चार हजार ७७० रुपैया खर्च भएको  विवरण प्रस्तुत गरिएको थियो जसमा  ४१ लाख ४ हजार डिभिजन बन कार्यालय ,१६ लाख ३० हजार ७७० बुढानिलकण्ठ नगरपालिका र २ लाख ७० हजार रुद्रमती हरियाली उपभोक्ता समिति मार्फत खर्च भएको उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।