रुद्रमती (धोवीखोला ) सरसफाई अभियानको समिक्षा बैठक सम्पन्न,६० लाख चार हजार ७७० रुपैया खर्च

रुद्रमती (धोवीखोला ) सरसफाई अभियानको समिक्षा बैठक सम्पन्न,६० लाख चार हजार ७७० रुपैया खर्च

कपन  अनलाइन

काठमाण्डौ ,साउन २२।

बुढानिलकण्ठ नगरपालिकाले रुद्रमती सरसफाई,हरियाली प्रवर्द्वन तथा सौन्दर्यकरण अभियान २०७९/८० को प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको  छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा अभियानका संयोजक नवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए भने डिभिजन बन कार्यालयका बद्री कार्की र प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्याल अतिथि रहेका थिए।

सो कार्यक्रममा ६० लाख चार हजार ७७० रुपैया खर्च भएको  विवरण प्रस्तुत गरिएको थियो जसमा  ४१ लाख ४ हजार डिभिजन बन कार्यालय ,१६ लाख ३० हजार ७७० बुढानिलकण्ठ नगरपालिका र २ लाख ७० हजार रुद्रमती हरियाली उपभोक्ता समिति मार्फत खर्च भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रस्तुत  विवरण अनुसार डोजरको प्रयोगमा सबैभन्दा धेरै २९ लाख ७० हजार खर्च भएको देखिन्छ भने फोहोरमैला व्यबस्थापन,बिरुवा संरक्षण तथा व्यबस्थापन, हेरालु /सहजकर्ता परिचालन,पुरानो बांगोटिंगो बिरुवाको ठाउँमा नयाँ बिरुवा पुन रोपन , मल तथा माटो खरिद ,डसबिन तथा ट्यासबिन ब्यबस्थापन ,डोजर प्रवेश मार्ग निर्माण , लहरा झार एबम बिरुवाहरुको सफाई गर्न बाँकी पैसा खर्च भएको  उल्लेख गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वातावरण बिभाग प्रमुख बिनोद पाठकले संचालन गरेको कार्यक्रममा अभियान सफल बनाउन सहयोग पुर्याउने संघ संस्था र बिभिन्न व्यक्तित्वहरुलाई   सम्मान गरिएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।