बिध्यालयस्तरमा मानव मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउदै प्रहरी
कपन अनलाइन
काठमाडौं साउन १५ । मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउनको लागि विद्यालयका विद्यार्थी लक्षित विभिन्न गतिविधि सञ्चालनमा ल्याउन थालीएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा संचालित जीवन तारा बिध्यालयमा समुदाय प्रहरी साझेदारी अन्तरगत अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार भएको उक्त कार्यक्रममा प्रहरी बृत्त बौद्धका प्रहरी नायब निरिक्षक पिताम्बर पराजुलीले विद्यार्थीलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अवनाउने तौरतरिका, सम्पर्क स्थानहरु, कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध विद्यार्थीको भुमिका लगायतको वारेमा अभिमुखिकरण गरेका थिए ।उनले साइबर क्राइम लगायतको बारेमा समेत सुसूचित गराएको बिध्यालयले जानकारी गराएको छ ।