अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन १४।

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका-१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन् ।
उक्त गल्लीमा गैह्र-कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल वाइपासमा प्रयोग भएका SIP PBX Connection, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको छ ।
तपाइँको प्रतिक्रिया ।