डुवान समस्या समाधानका लागि काठमाण्डौ महानगरले “डुवान समाधान” स्वर्णिम कार्यक्रम लागु गर्ने

डुवान समस्या समाधानका लागि काठमाण्डौ महानगरले “डुवान समाधान” स्वर्णिम कार्यक्रम लागु गर्ने

कपन अनलाइन

काठमाडौँ, असार ६।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा डुवान समस्या समाधानका लागि “डुवान समाधान ” स्वर्णिम कार्यक्रम लागु गर्ने उल्लेख गरिएको छ।

सो नीति तथा कार्यक्रममा डुवान समस्या समाधानका लागि ड्रेनेज नेटवर्क प्लान तर्जुमा गरी कार्यन्वयन गर्ने उल्लेख गरिएको छ । त्यस्तै महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेको छ ।

त्यस्तै महानगरबासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ । महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।