बौद्धबाट स्रोत नखुलेको ३३ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

बौद्धबाट स्रोत नखुलेको ३३ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

काठमाडौंको बौद्धबाट स्रोत नखुलेको ३३ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका–४ का ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेका छन् ।

उनलाई काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उक्त पसलमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पसल सञ्चालक नाम्गेल भन्ने किंगा फरार रहेकोले उनको खोजी भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।