लुम्बिनी विकास कोषलाई मन्त्री किराँतीले स्पष्टीकरण मागे

लुम्बिनी विकास कोषलाई मन्त्री किराँतीले स्पष्टीकरण मागे

कपन अनलाइन

रुपन्देही, जेठ ८ । लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् । मन्त्री किराँतीले मन्त्रालयले सोधेको स्पष्टिकरण सामाजिक सन्जाल मार्फत  सार्वजनिक गरेका छन् ।

उनले क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेको  वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका छन।

तपाइँको प्रतिक्रिया ।