अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स सहितको टोली बौद्धमा

अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्स सहितको टोली बौद्धमा

कपन अनलाइन

काठमाडौं जेठ ३। नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका  सहायक विदेश मन्त्री टिम वाट्स सहितको प्रतिनिधि मण्डलले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्यको  अवलोकन भ्रमण गरेका छन ।

मंगलबार अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्स सहितको टोलीलाइ श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सेनाम्था दोर्जे  रिन्पोछे , कार्यकारी निर्देशक शान्ती माया तामाङ सदस्यहरु जानुका भण्डारी (श्रेष्ठ) राग्वा शेर्पा, शैलेश श्रेष्ठ लगायतले  बौद्धनाथ परिसरमा स्वागत गरेका थिए । दुईदिने नेपाल भ्रमणमा आएका सहायक मन्त्री वाट्सले अस्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र र  सांस्कृतिक सम्बन्ध रहेको बौद्धनाथ परिसरको भ्रमण गरेका  हुन।

अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्स संगै नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्क सहितको टोलीलाइ सेनाम्था दोर्जे  रिन्पोछेले  बौद्धनाथ महाचैत्य र बौद्ध दर्शनको बारेमा जानकारी गराएका थिए ।

प्रतिनिधि मण्डलले बौद्धनाथ महाचैत्यको लोटस प्लेट परिक्रमा गर्नुको साथै परिसरमा छ्योमे बाली विश्व शान्तीको कामना गरेका थिए ।  अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले बौद्धनाथ महाचैत्यको  अवलोकन भ्रमण गर्न पाउदा खुसि लागेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।