गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने
कपन अनलाइन
काठमाडौं, जेठ ३ |गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ | गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपाल मेडिकल कलेज र नगरपालिका बीच भएको सम्झौता अनुसार नगरपालिका भित्र स्थायी बसोबास गर्ने बासिन्दाहरु बिरामी भएर रगत आवश्यक परेमा नगरपालिकाले नेपाल मेडिकल कलेज संग शम्झौता भए बमोजिम नि:शुल्क रगत उपलब्ध गराउने निर्णय भएको हो | मंगलबार नगरपालिका र नेपाल मेडिकल कलेज बीच सम्झौता भएको हो|
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक कुमार रिसालले ब्लड बैंक स्थापना गर्ने र नगरबासीलाई निशुल्क ब्लड उपलब्ध गराउने सपना रहेको र नेपाल मेडिकल कलेजले ब्लड बैंक स्थापना गरे संगै सहज भएको बताए | नगर बासीले रगत नपाउने चिन्ता गर्नु नपर्ने बताउदै प्रकियाको लागि नगरपालिकाको कर्मचारी राखेर सेवा उपलब्ध गराउने बताउदै त्यसको लागि नगरपालिका सम्म धाउन नपर्ने बताएका थिए |
गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजले ब्लड बैंक स्थापना गरे संगै मंगलबार नगरपालिका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, र सोहि वडाका वडा अध्यक्ष नन्दलाल श्रेष्ठको उपस्थितिमा ब्लड बैंक उद्घाटन गरिएको हो |
अब यस क्षेत्रमा रक्तदान कार्यक्रम भयो भने कार्यक्रम आयोजकले सोहि हस्पिटल संग समन्यन गरेर रक्तदान कार्यक्रम गर्न समेत अनुरोध गरेका छन् | सोहि दिन गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम समेत गरिएको थियो |