नीति तथा कार्यक्रमका लागि निरन्तर सुझाव संकलनमा बुढानिलकण्ठ नगरपालिका

नीति तथा कार्यक्रमका लागि निरन्तर सुझाव संकलनमा बुढानिलकण्ठ नगरपालिका

कपन अनलाइन
काठमाडौं, जेठ २।

बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलनको कामलाई तीव्रता दिएको छ। नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तित्वहरु संग आगामी नीति तथा कार्यक्रममा समावेस गर्नुपर्ने विषयहरुका वारेमा सुझाव संकलन गरिरहेको छ।

यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाले बैशाख ३१ गते महिला र युवाहरु संग सुझाव संकलन गरेको थियो भने जेष्ठ १ गते संचार क्षेत्रका व्यक्तित्वहरु संग नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयहरुका वारेमा सुझावहरु संकलन गरेको छ।

आफु निर्वाचित भएर आएपछि पहिलो बजेट र नीति तथा कार्यक्रम निर्माण गर्दा समय अभावका कारण सबै क्षेत्र संग छलफल गर्न नसकिएको बताउदै नगर प्रमुख मिठाराम अधिकारीले यस वर्षको नीति तथा कार्यक्रममा भने विभिन्न क्षेत्रमा क्रियाशील रहेका व्यक्तित्वहरु संग सुझाव लिने क्रमलाई अगाडी बढाएको जानकारी दिएका छन।

जेष्ठ १ गते नगरपालिकाको सभाकक्षमा भएको संचारकर्मीहरु संगको छलफलमा सार्वजनिक जग्गा र सम्पत्ति संरक्षण ,सुशासन र सेवा प्रवाहका वारेमा प्राप्त भएका सुझावहरुलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने बताउदै प्रमुख अधिकारीले सार्वजनिक जग्गा संरक्षणमा कसिलो नीति र गहिरो अध्ययनको आवस्यकता महसुस गरेको धारणा राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।