गोकर्णेश्वर-३ बाट घुस/रिसवत सहित तिन जना अख्तियारको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २०।
गोकर्णेश्वर नगरपालिका वडा नं -३मा रहेको राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका तिन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
जाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
गोकर्णेश्वर नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समिति मार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र रु.३०,०००।– को चेक थान (एक) सहित बैशाख २० गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।