टोखा नगरपालिका वडा नं ८ का सदस्यको मोटरसाइकलमा आगजनी

टोखा नगरपालिका वडा नं ८ का सदस्यको मोटरसाइकलमा आगजनी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५ ।

टोखा नगरपालिका वडा नं ८ का सदस्यको मोटरसाइकलमा आगजनी भएको छ।

नेकपा एमाले टोखा नगर कमिटीले बिज्ञप्ति निकाल्दै टोखा नगरपालिका वडा नं ८ का सदस्य विजय बानियाको मोटरसाइकलमा आगजनी गर्नेलाई कारवाहीको माग गरेको छ।

बैशाख १२ गते वडा नं ८ को बानिया टार पुल नजिक भएको सडक कालोपत्रेको अनुगमन गर्न पुगेका सदस्य बानियाको बुलेट मोटरसाइकलमा करिव १२.२४ राती मोटरसाइकलमा आगजनी भएको अवस्थामा पार्किङ मा भेटिएको थियो ।

नगरपालिकाको विकासमा सक्रिय रहेका जनप्रतिनिधिको सवारीमा भएको आगजनी निन्दा योग्य भएको भन्दै नेकपा एमाले टोखाले दोषी माथि छानविन र कारवाहीको माग गरेको छ ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।