असहाय गाई बाछा संरक्षण स्थल गोठाटारमा कामधेनु सप्ताह महायज्ञ लगाइने
कपन अनलाइन
काठमाडौं बैशाख ७ ।असहाय गाई बाछा संरक्षण अभियानले कामधेनु सप्ताह महायज्ञ लगाउने भएको छ ।बैशाख२२ गते देखि २८ गतेसम्म कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारमा रहेको गाई बाछा संरक्षण स्थलमा पण्डित दिनबन्धु पोखरेलबाट कमधेनु कथा वाचन हुने बुधबार पत्रकार सम्मेलन मार्फत संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले जानकारी गराए।
उनलेसंरक्षण अभियन्ताहरुले महायज्ञबाट गाईबाच्छा संरक्षणका लागि सचेतना जगाउने तथा अभियानलाई व्यवस्थित गरी असहाय गाई बाछा संरक्षण गर्ने मुख्य उदेश्यका साथ महायज्ञ गर्न लागेको समेत जानकारी गराए ।
उक्त पत्रकार सम्मेलनमाकाठमाडौं महानगरपालिका वडा नं ६ का पूर्व वडा सदस्य जयराम पुडासैनी, अभियन्ताहरु यान प्रसाद अधिकारी राजु, ईश्वर पुडासैनी, भगवान पुडासैनी, समाजसेवी दीवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, दुर्गा सापकोटा लगायतका व्यक्तित्वहरु तथा विभिन्न संस्थाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
फोटो : गोकर्णेश्वर खबर