तीन दलित महिला पत्रकारहरुद्वारा महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय

तीन दलित महिला पत्रकारहरुद्वारा महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४ ।

दलित महिला पत्रकारहरुले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले साइकलयात्राको बारेमा जानकारी गराएकाहुन् । समता मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ र जागरण मिडिया सेन्टरको संयुक्त पहलमा साईकलयात्रा हुनलागेको हो ।
दलित महिला पत्रकारहरु रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीले आगामी वैशाख ५ गतेदेखि सुदुरपश्चिमको कन्चनपुरबाट यात्राको सुरुवात गर्नेछन् । उनीहरुको साईकलयात्रा १८ देखि २५ दिनको हुने बताइएको छ । झापास्थित् मेचीनगरमा पुगेर साईकलयात्रा सम्पन्न हुनेछ ।
‘दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धितनिकाय, तथा सरोकारवालाहरुको भूमिका केन्द्रितगर्न हामी महिला पत्रकारहरुले यही वैशाख ५ गतेदेखि दलित समूदायबाट प्रतिनिधित्वग र्ने हामी ३ जना महिला पत्रकारहरू ( रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा, र सङ्गीता नेपाली) ले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय गरेका छौं,’– विज्ञप्तिमा भनिएको छ ।
साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित बस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ ।साईकलयात्राले सरकार, राष्ट्रिय अर्न्तराष्ट्रिय मानव अधिकारकर्मी, नागरिक समाज, राजनीतिज्ञ, जनप्रतिनिधि र सञ्चार माध्यमको समेत ध्यानाआर्कषण गराउन सफलहुने विश्वास व्यक्त गरिएको छ ।
साईकलयात्रा जातीय छुवाछुत र भेदभावविरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समूदायलाईसमेत जागृत गराउनेमा विश्वास व्यक्त गरिएको छ ।
साथै, साईकल यात्री पत्रकारहरुको अनुभव सहितको ‘विभेदविरुद्ध साईकलयात्रा’नामक स्मारीका प्रकाशन गरिने पनि बताइएको छ । उक्त स्मारीका र प्रतिवेदन संघीय सरकारलाई बुझाईने पनि बताईएको छ ।
यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्ने बताइएको छ । दलित समुदायले भोग्नुपरेको जातीय विभेद र बदलिँदो समयमा देखापरेको भेदभावको नयाँ शैलीलाई समेत साईकलयात्राका क्रममा समीक्षा गरिने छ ।
‘दलित समुदायले भोगेको जातीय भेदभाव, बदलिँदो समयमा भेदभावको नयाँ शैलीबारे गहन रुपमा समिक्षासहित सरकारको ध्यानार्कषण गराउन हाम्रो यात्रा सफलहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्नेछ’,–विज्ञप्तिमा भनिएको छ ।
साईकलयात्राको क्रममा महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगञ्ज, दाङ, रुपन्देही, बर्दघाट,नारायणगढ, हेटौडा, इटहरी, दमक जस्ता शहरहरुमा त्यहाँका स्थानीय दलित समुदाय, प्रदेश र स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । साईकलयात्राले समुदायमा चेतनाको स्तर वृद्धि गर्नकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्तगरिएको छ ।
राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले साईकलयात्राको व्यवस्थापन सम्बन्धित जिल्लामा रहेको राष्ट्रिय दलित पत्रकार संघले गर्ने बताए ।
‘हाम्रो राष्ट्रिय दलित पत्रकार संघ छ । सबै जिल्लामा जिल्ला शाखाहरु छन् ।जिल्ला शाखाहरुले साईकलयात्रालाई समर्थन र सहयोग गर्छ । कञ्चनपुरदेखि झापासम्म पुग्दा सबै जिल्लामा शाखा रहेका छन् । यसको सबै व्यवस्थापन सम्बन्धित जिल्ला शाखाले गर्नेछन्,’– उनले भने ।
साईकलयात्रामा पूर्व राजदूत डा. निर्मल विश्वकर्मा, होमनाथ आचार्य, विद्यार्थी नेता राजेश नेपाली लगायतले सहयोग र समर्थन गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।