रिपोर्टर्स क्लब नेपालको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार मात्रिका पौडेललाई प्रदान गरिने
कपन अनलाइन
काठमाडौं, चैत १६ ।
रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको बुधबार बसेको बैठकले सो पुरस्कार पौडेललाई निर्णय गरेको हो ।
रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार क्लबको यही चैत्र १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा मनाईने २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रदान गरिनेछ ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पत्रकार पौडेलले चीन, अमेरिका, जापान, कोरिया, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, जर्मन, मलेसिया, हङकङ र भारतको भ्रमण गरिसकेका छन् ।
पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यपनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् ।
उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।