सुन्दरीजलको बिपी संग्रहालयमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

सुन्दरीजलको बिपी संग्रहालयमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

कपन अनलाइन

काठमाडौं ,फाल्गुन २७ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दरीजल स्थित बिपी संग्रहालयको  भ्रमण गरेका छन्। शुक्रबार पशुपतिनाथ, गुह्येश्वरी मन्दिर दर्शनपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमण गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, बागमती प्रदेशसभा सदस्य विमल ठकुरी लगायत स्थानीयले  स्वागत गरेका  थिए ।

राष्ट्रपति पौडेलले संग्रहालयमा रहेको विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा माल्यार्पण  गर्नुको साथै बिपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका   थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक व्यक्तिसँगै साधारण किसान परिवारको छोरासमेत भएकोले संविधानको मर्म र भावनासँगै सबैको रक्षक बन्ने कुरामा दृढ रहेको बताएका छन्। राष्ट्रपति पौडेलले देशमा सुशासन आवश्यक भएको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।