लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डी को तेस्रो नियमित क्याबिनेट मिटिंग सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १५। लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डी को तेस्रो नियमित क्याबिनेट मिटिंग सम्पन्न भएको छ । शनिबार सिन्धुपाल्चोकको मेलम्ची स्थित होटल मेलम्ची इन क्याफेमा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डी का डिस्ट्रिक्ट गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान रहेकी थिइन भने भने बिसेष अतिथिको रुपमा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश लामा, सेकन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय ,पि एम जे एफ लायन उत्तम कायस्थ पास्ट डिस्ट्रिक गभर्नर तथा मल्टिपल एन्भाइरोन्मेंट चिफ लायन कुमार राज सुवेदी,
क्याबिनेट ट्रेजरर लायन लवकुमार श्रेष्ठ, जी एल टि डिस्ट्रिक्ट कोर्डिनेटर लायन धर्मशरण श्रेष्ठ,जी एम टि डिस्ट्रिक्ट कोर्डिनेटर श्रीधर भण्डारी ,जी एस टि डिस्ट्रिक्ट कोर्डिनेटर नवराज बास्तोला एम जे एफ डिस्ट्रिक्ट कोर्डिनेटर लायन रमेश रिजाल,डिस्ट्रिक ब्लड सर्विस चिफ लायन सन्तोष शिवाकोटी, डिस्ट्रिक्ट डिजास्टर चिफ लायन ठाकुर प्रसाद तिवारी, एरिया लिडर, क्याबिनेट अफिसर्स, स्पेसियल एडभाइजर, एरिया कोर्डीनेटर , रिजन/ जोन चियरपर्सन लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संचालन डिस्ट्रिक क्याबिनेट सेक्रेटरी लायन महेश आचार्यले संचालन गरेका थिए । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डी अन्तर्गतका तीन वटा क्लब लायन्स क्लब अफ काठमाडौं डाँफे, लायन्स क्लब अफ काठमाडौं बाशुकी र लायन्स क्लब अफ सिन्धुपाल्चोकले होस्ट गरेको उक्त कार्यक्रम राष्ट्रिय गान संगै शुरु भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेकि पुर्व प्रेसिडेन्ट पदमा पुडासैनीले झण्डाको अभिबादन बाचन गरे संगै एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो। प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरि औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ डी का डिस्ट्रिक्ट गभर्नर लायन बिष्णु भाइ श्रेष्ठले स्वागत मन्तब्य संगै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले लायन्स सदस्यहरु बीच फेलोशिप बढाउने र सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रको पर्यटन प्रवर्धन गर्ने पनि उनले बताए । डिस्ट्रिक ३२५ डी नेपालले सर्भिस फेलोशिप र लिडरशिपका बिभिन्न कार्यक्रमहरु गर्दै लायन्स सदस्यहरुलाई क्रियाशील बनाएर बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए ।
उनले यो बर्ष घोषणा गरिएको कार्यक्रमहरु लायन्स साथीहरुको सक्रियताले सम्पन्न हुदै गएको मा खुसि ब्यक्त गर्दै हालको लायन बर्षलाइ ऐतिहासिक बर्ष बनाउने तर्फ क्रियाशील रहन समेत अनुरोध गरेका थिए । लायन्स क्लबले स्थानीय तह संग मिलेर धेरै कार्य गरिरहेको जानकारी दिदै मेलम्ची नगरपालिका संग पनि सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए । कार्यक्रमलाइ पि एम जे एफ लायन उत्तम कायस्थ पास्ट डिस्ट्रिक गभर्नर तथा मल्टिपल एन्भाइरोन्मेंट चिफ लायन कुमार राज सुवेदी फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उनीहरुले व्यवसाय वा रोजगारीबाट गरेको आय आर्जनको केही रकम आफूभन्दा आर्थिक तथा सामाजिक हिसाबले पछि परेका समुदायलाई समुह बनाएर जम्मा गरेको केही आर्थिक संकलन नै सेवामा क्लब मार्फत समर्पित गर्दै आएको बताएका थिए । हुनेखानेले हुँदा खानेलाई निस्वार्थ भावले सहयोग गर्ने संस्था नै लायन्स क्लब भएको पनि बताएका थिए ।
लायन्समा आवद्द हुन केहि रकम प्रशासनिक खर्चको लागि अन्तर्राष्ट्रियलाइ बुझाउनु पर्ने र सोहि पैसा थपिएर प्रोजेक्ट मार्फत नेपालमा आउने समेत जानकारी गराएका थिए विभिन्न प्रोजेक्टका लागि नेपाल बाट बाहिरिएको कयौं गुणा पैसा नेपाल र नेपालीको लागि भित्रिएको समेत जानकारी गराएका थिए । उनीहरुले यो भन्दा अझ बढी पैसा ल्याउनको लागि जति धेरै क्लब र सदस्यहरु थपिन्छन त्यति नै प्रोजेक्ट ल्याउन सहज हुने पनि बताएका थिए । कार्यक्रमलाइ बिशेष सम्बोधन गर्दै समाजसेवी सागर श्रेष्ठले मेलम्चीमा आएको बाढीको कारण तहस नहस भएको उक्त क्षेत्रको व्यवसाय तङग्रदै गएको बताएका छन । श्रेष्ठले भूकम्प, बाढी र कोरोना बाट आक्रान्त भएको मेलम्ची अब उठेको भन्दै उक्त क्षेत्रको भ्रमण गर्न अनुरोध गरेका छन ।
उनले तिनै तहका सरकार समक्ष पटक पटक डेलिगेसन जाँदा समेत सो क्षेत्रको बेवास्ता गरिए पनि सबैको प्रयासमा मेलम्ची उठेको बताएका छन । मेलम्ची अब कहिँले उठदैन भन्नेलाइ मेलम्ची उठेको जानकारी दिदै बिभिन्न सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्ति संघ संस्थाहरुको साथ र सहयोगले उक्त क्षेत्र चाडै उठ्न सफल भएको बताएका थिए ।
उनले एक पटक मेलम्ची भ्रमण गरेर सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका थिए । उनले आन्तरिक पर्यटन प्रवर्धनमा डिस्ट्रिक क्याबिनेट मिटिंग मेलम्चीमा राखेर लायन्स क्लबले राम्रो संदेश दिएको बताउदै भूकम्प बाढी कोरोना लगायतको प्रकोपको समयमा लायन्स क्लबले गरेको सहयोग अतुलनीय रहेको बताएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानले कार्यक्रम सफलताको शुभकामना दिदै मेलम्ची क्षेत्रको पर्यटन प्रवर्दन गर्ने हेतुले कार्यक्रम स्थल नै मेलम्ची छानेकोमा खुसि ब्यक्त गरेकी थिइन ।
उनले लायन्स क्लब संग सहकार्य गर्न नगरपालिका इच्छुक रहेको समेत जानकारी दिएकी थिइन । कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलायले धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा क्याबिनेट ट्रेजरर लायन लवकुमार श्रेष्ठ, जी एल टि डिस्ट्रिक्टकोर्डिनेटर लायन धर्मशरण श्रेष्ठ,जी एम टि डिस्ट्रिक्ट कोर्डिनेटर श्रीधर पौडेलएम जे एफ डिस्ट्रिक्ट कोर्डिनेटर लायन रमेश रिजाल,डिस्ट्रिक ब्लड सर्विस चिफ लायन सन्तोष शिवाकोटी, डिस्ट्रिक्ट डिजास्टर चिफ लायन ठाकुर प्रसाद तिवारी, लगायतले आ आफ्नो प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ डी अन्तर्गत रहेर सामाजीक तथा मानवीय सेवाको कार्यको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाइ बिभिन्न प्रेसिडेन्ट पिन को साथै सम्मान पत्र बाट सम्मान गरिएको थियो । कार्यक्रममा ५ वटा नया क्लबको ब्यानर प्रस्तुत गरिएको थियो ।
विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ ।
नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक ३२५ अन्तर्गतका१५ वटा डिष्ट्रिकमा ३२ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।










