भेनस पब्लिक स्कुलको स्पोर्ट्स कार्भिनल २०७९ शुरु

भेनस पब्लिक स्कुलको स्पोर्ट्स कार्भिनल २०७९ शुरु

कपन अनलाइन

काठमाडौं,फाल्गुन १ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा संचालित भेनस पब्लिक स्कुलको  स्पोर्ट्स कार्भिनल २०७९  आइतबार बाट शुरु  छ । उक्त कार्भिनलको  आइतबार  एक कार्यक्रमका बीच प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख  दिपक कुमार रिसालले उद्घाटन गरेका हुन । भेनस पब्लिक स्कुलका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा,प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन सिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष  मोहन अधिकारी भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, ल  भेनस पब्लिक स्कुलका प्रिन्सिपल  नेत्र प्रसाद दाहाल, लगायत शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित  स्पोर्ट्स कार्भिनलको गोकर्णेश्वर नगरपालिका  प्रमुख  दिपक कुमार रिसालले बेलुन उडाई उद्घाटन गरेका थिए। कार्यक्रम संयोजक  बिनितराज अर्यालले संचालन   गरेको कार्यक्रम बिध्यालयका भाइस प्रिन्सिपल सुमित्रा राइले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन ।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख  दिपक कुमार रिसालले आयोजकलाइ धन्यवाद दिदै खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई सैक्षिक संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताएका थिए । खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने उनको भनाइ रहेको थियो ।

खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताएका थिए। साथै उनले बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित हुनुहुँदैन भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्ने बताएका थिए ।नगरपालिकाले रास्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आयोजना गरेको बताउदै आगामी बर्ष त्यसलाई थप व्यवस्थित गर्ने समेत बताएका थिए ।उनले यस्ता प्रतियोगिता बाट नै बिद्यार्थीहरुको प्रतिभा उजागर हुने भन्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन सिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष  मोहन अधिकारी भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम लगायतले शुभकामना मन्तब्य राख्दै बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले नृत्य र मार्च पास मार्फत मनोरञ्जन प्रदान गरेका थिए  । अध्यक्षताको आसन बाट बोल्दै भेनस पब्लिक स्कुलका अध्यक्ष पेमा छिरी शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए ।

स्पोर्ट्स कार्भिनलमा छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर, चेस  , फुटबल, म्याराथन, लगायतका बिभिन्न खेलहरु समाबेश गरिएको छ । प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरेको समेत आयोजकले जानकारी गराएको छ । बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताहको आयोजना गरिएको भेनस कलेजका प्रिन्सिपल नेत्र प्रसाद दाहाललेकपन अनलाइनलाइ  जानकारी गराए । भेनस पब्लिक स्कुलले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको समेत उनले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।