गोकर्णेश्वरमा हुने प्रथम मेयर कप नगर स्तरीय रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक
कपन अनलाइन
काठमाडौँ, पौष २४ । गोकर्णेश्वर नगरपालिकामा हुन लागेको प्रथम मेयर कप नगर स्तरीय रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिकोआयोजना तथा उर्जावान युवा क्लब गोकर्णेश्वर ८को संयोजकत्वमा पौष २५ गते देखि गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबमा हुने प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक गरिएको हो ।
खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा नगरपालिका भित्र रहेका क्लबमा रहेका फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा कुल २१ वटा टिमले सहभागिता जनाएको उर्जावान युवा क्लब गोकर्णेश्वर ८का अध्यक्ष सरोज श्रेष्ठले जानकारी गराएका छन ।
उक्त प्रतियोगितामा प्रथम दितीय हुनेहरुलाई क्रमश नगद रु २५ हजार र १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनुको साथै उत्कृष्ट खेलाडीलाइ ट्रफी प्रदान गरिने आयोजकले जानकारी गराएको छ । खेल तालिका सार्वजनिक कार्यक्रममा उर्जावान युवा क्लब गोकर्णेश्वर ८का अध्यक्ष सरोज श्रेष्ठ रेफ्री प्रदिप लामाको साथै सहभागी टिमको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।