विद्यार्थी संगठन र एनजीओहरुलाई काठमाण्डौ महानगरको दनक,विद्यालय प्रवेस नगराउन निर्देशन

विद्यार्थी संगठन र एनजीओहरुलाई काठमाण्डौ महानगरको दनक,विद्यालय प्रवेस नगराउन निर्देशन

कपन अनलाइन

काठमाडौं, पौष १९।

काठमाण्डौ महानगरपालिकाले विद्यार्थी संगठन,धार्मिक संगठन र एनजीओहरु सहित अन्य कार्यक्रमहरु विद्यालयमा संचालन गर्नु पुर्व शिक्षा महाशाखाको स्वीकृति लिनुपर्ने बताएको छ।

काठमाण्डौ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुबेदीले बिज्ञप्ति जारी गर्दै विद्यालय र विद्यार्थीहरु संग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने र विभिन्न बहानामा दुर्ब्याव्हार गर्ने गुनासो आएकोले पुर्व स्वीकृति लिन अनुरोध गरेका छन।

त्यसै यस्ता गतिविधिहरुले  ” विद्यालय शान्ति क्षेत्र” अभियानको उल्लंघन हुने भन्दै महानगरपालिकाले विद्यालयमा निमन्त्रणा गर्न परेमा पुर्व जानकारी दिनुपर्ने निर्देशन जारी गरेको छ।

बिज्ञप्ति :  

No photo description available.

तपाइँको प्रतिक्रिया ।