गोकर्णेश्वर नगरपालिका ४ कान्ति भैरब उत्तर बाहिनीमा पितृमोक्षका लागि श्राद्ध गर्नेको भिड

गोकर्णेश्वर नगरपालिका ४ कान्ति भैरब उत्तर बाहिनीमा पितृमोक्षका लागि श्राद्ध गर्नेको भिड

कपन अनलाइन

काठमाडौं पौष ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ कान्ति भैरब मन्दिर उत्तर बाहिनीमा पितृमोक्षका लागि श्राद्ध  गर्नको लागि बिहानैदेखि ठूलो संख्यामा भिड लागेको छ । काशी, गया लगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर मात्र गएमा पुण्य हुने जनविश्वास रहिआएको छ। यस कारण पनि यहाँ पौषे औशिका दिन उल्लेख्य मात्रामा श्राद्ध गर्नेको भिड लाग्दछ ।

तीर्थश्राद्ध गर्दा आएका हजारौं श्रद्धालुले पितृमोक्षका लागि जौंको पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्छन् । उत्तरगया क्षेत्रको नामले चिनिने  कान्ति भैरब उत्तबहिनीमा पौषकृष्ण औँसीका दिन पितृलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरु मोक्ष हुन्छन् भन्ने विश्वासका साथ तीर्थालुको यहाँ भीड लागेको हो ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी कान्तिभैराब मन्दिर परिसरमा रहेको बागमती नदि किनारमा बिहानै देखि पितृ भएका आफ्ना आमा बाबुको श्राद्ध गर्न  श्रदालुहरुको भिड लागेको छ  ।

भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया उत्तरगया हो ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने संभावना बोकेको यस क्षेत्रका  उचित विकास र प्रचार प्रसार  गर्न नसकेको खण्डमा  हामो धार्मिक र सांस्कृतिक सम्पदा नासिने श्री उत्तरबाहिनी मन्दिर एवम् क्षेत्र ब्यबस्थापन समिति सह सचिब सरोज बस्नेतले बताए  । त्यसै गरि पितृमोक्षका लागि श्राद्ध  गर्न आज बिहान देखि गोकर्णेश्वर महादेव मन्दिरमा पनि  श्रदालुहरुको भिड लागेको छ   ।

तपाइँको प्रतिक्रिया ।