पार्टी कार्यकर्तालाई अश्लिल म्यासेज पठाउने माओवादी नेता बद्रि बजगाईलाई कारवाही

पार्टी कार्यकर्तालाई अश्लिल म्यासेज पठाउने माओवादी नेता बद्रि बजगाईलाई कारवाही

कपन अनलाइन 

काठमाडौं पौष ५।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई पार्टीले निलम्बन गरेको छ। पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकर्ताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो। 

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। 

ङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत रहेका बजगाईँले सोही पार्टीमा आबद्ध एक किशोरीलाई एकदमै तुच्छ शब्दहरू प्रयोग गरेकाले पार्टीबाट कारबाहीको माग गर्दै पीडितले उजुरी दिएकी थिइन् ।

छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाईँलाई ती किशोरीले फेसबुकबाट ब्लक गरेको जनाएकी छन् । पीडित किशोरीले उजुरीमा बुवा समान मानेका नेताबाट सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट कल्पना सम्म गर्न नसकिने निकृष्ट र तुच्छ शब्द सहित यौन ह्यारेसमेन्ट गरी मानसिक रूपमा हिंसा गर्ने सम्मको हर्कत गरेको जानकारी दिदै आवस्यक कारवाहीको माग गरेकी थिइन्  ।

No description available.  

तपाइँको प्रतिक्रिया ।