नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने

कपन अनलाइन

काठमाडौँ पौष ४ । नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । संघीय संसद् सचिवालयले आगामी पुस ७ गते शपथ गराउने तयारी गरेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार पुस ७ गते शपथ गराउनेगरी तयारी गरिएको हो। १ बजे बानेश्वर हलमा नै सपथ हुने उनले बताए । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेका छन्।

 

 

तपाइँको प्रतिक्रिया ।