लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान : बुढानिलकण्ठ-१० मा “वाकथान” आयोजना
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २४।
लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान र अन्त रास्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा “वाकथान” को आयोजना गरिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजना र महिला संजाल बुढानिलकण्ठ -१० को संयोजनमा भएको सो “वाकथान” मा विभिन्न महिला समुहहरुको सहभागिता रहेको थियो।
वडा नं १० का विभिन्न स्थानको परिक्रममा गरेको सो कार्यक्रममा वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई , नेपाली कांग्रेसका तर्फ बाट समानुपातिक तर्फ बागमती प्रदेस सभामा सी[सिफारिस भएकी नेतृ मिना पराजुली,महिला नेतृ हेमा अधिकारी,शान्ति तिवारी ,सुस्मा केसी सहित महिला समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।