काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

कपन अनलाइन

काठमाडौं, मङ्सिर ६।काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह  निर्वाचित भएका छन  । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचितभएका हुन  ।

सिंहले  ७ हजार १ सय ४० मत प्राप्त गरे भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका थिए  ।  २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित  गरेका  थिए  ।

तपाइँको प्रतिक्रिया ।