वडाध्यक्ष भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

वडाध्यक्ष भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

कपन अनलाइन

काठमाडौँ, मंगसिर १।

निर्वाचन आयाेगले वेदकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चित्रदेव भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

वडाध्यक्ष भट्टलाई लेखिएको स्पष्टीकरण पत्र भनिएको छ:  तपाईंले वेदकोट नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार तथा कार्यक्रममा सहभागी भएको भनी आयोगमा उजुरी प्राप्त भई यो पत्र लेखिएको छ। प्रस्तुत सन्दर्भमा देहायका विषयमा स्पष्ट गरी यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ([email protected]) प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नु होला। अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइएकाे छ ।

स्पष्टीकरण निम्न विषय प्रष्ट पार्न भनिएकाे छ :

(क) निर्वाचन आचारसंहिता, २०७९  को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा तपाईं वेदकोट नगरपालिका वडा नं. ५ को वडाअध्यक्षले उक्त नगरपालिकाभित्र कुनै पनि दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ । उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी कुनै दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन?

(ख) तपाईंले आफू वदकोट नगर कार्यपालिकाको सदस्य रहँदा रहँदै उक्त नगरपालिकाभित्र दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वमोजिमको जरिवाना किन गर्नु नपर्ने हो?

तपाइँको प्रतिक्रिया ।