काठमाण्डौ क्षेत्र नं २ का उम्मेदवारहरुलाई मतदाताको न्यानो स्वागत
कपन अनलाइन
काठमाडौं ,कात्तिक २८ । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मणिराम फुयाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुवर्ण श्रेष्ठ लाइ शंखरापुर नगरपालिका वडा नं ३ र ४ मा न्यानो स्वागत गरिएको छ।
काठमाण्डौ क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्यको उम्मेदवार हरु उक्त वडामा घरदैलोको क्रममा पुग्दा स्थानीयहरुले निकै उत्साहपूर्ण रूपमा स्वागत गरेका थिए।उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको नेकपा एमालेले क्षेत्र नं २ का उम्मेदवारहरुले मतदाता सामु पुगी नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।
एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध गरेका थिए ।जनप्रतिनिधि भएर काम गरिसकेका काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरुलाई व्यक्तिगत रुपमा पनि धेरैले चिन्छन । त्यसैले उनीहरुको घरदैलोमा अन्य राजनीतिक दल र स्वतन्त्र ब्यक्तिहरुको पनि शुभेच्छा र साथ देखिन्थ्यो । सभ्य र अनुसाशित रुपमा चलिरहेको घरदैलोमा मतदाताले उम्मेदवारहरुलाई देखाएको मायाले उम्मेदवारहरु उत्साहित देखिन्थे ।