चुनावी माहोल बनाउदै नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३
कपन अनलाइन
काठमाडौं कात्तिक २८। मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संघारमै आइपुग्दा उम्मेदवारहरुको ब्यस्तता बढेको छ । उम्मेदवारहरुलाई अहिले मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याई छ ।
काठमाडौं क्षेत्र नं ३ को बिभिन्न स्थानमा नेपाली कांग्रेसका उम्मेदवारहरु प्रतिबद्धतापत्र,प्रचारसामग्री सहित मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन । प्रतिनिधिसभाका उम्मेदवार सन्तोष चालिसे प्रदेशसभा ३ (१) का उम्मेदवारछिरिङ दोर्जे लामा र ३ (२) का उम्मेदवार बिमल ठकुरी घर-घर पुगेर मतदातालाई भेटिरहेका छन् ।
आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ का बिभिन्न स्थानमा घरदैलो गरेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले आज गोकर्णेश्वर नगरपालिका वडा नं २ मा घरदैलो गरेका छन । प्रतिनिधिसभाका उम्मेदवार सन्तोष चालिसे प्रदेशसभा ३ (२) का उम्मेदवार बिमल ठकुरी, समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी सहित नेता कार्यकर्ताहरु झन्डा र चुनाव चिन्ह बोकेर घर दैलोमा पुग्दै उम्मेदवारको पक्षमा मत गागेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नं २ मा मतदातासंग साक्षात्कार गर्न पुगेका नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसेले जनमत नेपाली कांग्रेसको पक्षमा बढीरहेको बताउदै स्थानीयले नगर प्रमुखको रुपमा आफुलाई परिक्षण गरिसकेको र त्यसमा पास भएको हुँदा थप जनताको मुद्दा सदनमा उठाउनको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मत दिने प्रतिबद्धता वडा बासीले जनाएको उनले बताएका छन ।
नेपाली कांग्रेसका विभिन्न् तहका नेता तथा कार्यकर्ताहरु प्रतिबद्धतापत्र,प्रचारसामग्री सहित मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन ।
काठमाडौं क्षेत्र नं ३ माअन्य उम्मेदवारमा नेकपा एमाले बाट कृष्ण बहादुर राइ जनता समाजवादी पार्टी नेपालबाट मोहन कुमार विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश गिरी, नेपाल मजदुर किसान पार्टीबाट विशोक डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहन बहादुर बस्नेत, जनमत पार्टीबाट गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपाने, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनबाट कृष्णकाजी श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नुर्प गेन्जेन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षा कुमार राई, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट नेत्र बहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुर्गा विक्रम थापा क्षेत्रीको उम्मेदवारी रहेको छ ।
त्यस्तै स्वतन्त्रबाट केदार नाथ मिश्र, दिनेश खनाल, कविता बिष्ट सुनार, राजेश बिष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा, निरञ्जन पुडासैनीको उम्मेदवारी रहेको छ । ३ नम्बर क्षेत्रमा निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलबाट १५ र स्वतन्त्रबाट ८ गरी कुल २३ जनाको उम्मेदवारी रहेको छ ।
क्षेत्र नं ३ काठमाण्डौ महानगरपलिकाको ६ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको १, २, र ३ नम्बर वडा र गोकर्णेश्वर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा मिलेर बनेको छ ।