काठमाण्डौ क्षेत्र नं १ (२ ) का जनताको स्वास्थ्य सेवाका लागि गणेश प्रसाद दुलालले गरेको संघर्ष …..
कपन अनलाइन
काठमाडौं, कात्तिक २७।
काठमाण्डौ क्षेत्र नं १ (२ ) का ३ सय भन्दा बढी टोलहरुका समस्या र समाधानको उपाय आफु संग रहेको बताउने प्रदेस सभा सदस्य उम्मेदवार गणेश प्रसाद दुलालको पहलमा निजामती अस्पतालमा विशेष सुविधा प्रदान भैरहेको छ।
काठमाण्डौ महानगरपालिका वडा नं ३१ मात्र निर्वाचन क्षेत्र रहेको काठमाण्डौ क्षेत्र नं १ (२ ) का जनतालाई निजामती अस्पतालमा १० % छुटको व्यवस्था गर्न निरन्तर संघर्ष गरेर सफल भएका दुलालले निर्वाचन पश्चात सरकारी कर्मचारी सरह सेवा क्षेत्रवासीलाई उपलव्ध गराउन लाग्ने बताएका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ३१ मिनभवनमा रहेको निजामती अस्पतालमा ६ वटा बेड क्षेत्रवासीको लागि आरक्षणमा रहने व्यवस्था मिलाएको जानकारी दिदै नेकपा एमालेको तर्फबाट दोश्रो पटक प्रदेस सभा सदस्य उम्मेदवार दुलालले अहिले पनि वडा कार्यालयको स्वास्थ्य केन्द्रमा निशुल्क सुगर र प्रेसरको नियमित परिक्षण गर्ने सुविधा प्रदान भैरहेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं १ (२ ) का जनताहरुको आँखा परिक्षणमा २५ % छुट सहित विशेष सेवा लायन्स आई केयर सेन्टरमा सुचारु रहेको बताउदै उनले निजामती अस्पतालको संचालक समितिमा जनप्रतिनिधिको प्रतिनिधित्वका लागि आफुले शक्शत पहल गर्ने योजना रहेको सुनाएका छन।