बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल अस्वस्थ, अस्पताल भर्ना
कपन अनलाइन
काठमाडौं कात्तिक २१। बिपी संग्रहालय समितिका अध्यक्ष एबम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधि परशुराम पोखरेल अस्वस्थ भएका छन ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनावी घरदैलोको क्रममा रहेका पोखरेलमा छाती दुख्ने समस्या देखिएको पछि गंगालाल अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बीपीले जेल जीवन बिताएको काठमाडौंको सुन्दरीजलमा पोखरेलकै पहलमा संग्रालय स्थापना भएको थियो । नेपाली कांग्रेसमा निरन्तर खट्दै आएका पोखरेल लोकतन्त्रका लागि वी.पी बाद अभियान सञ्चालन गरी देशभर बिपीको विचार प्रचार गर्न अगुवाइ गर्दै देशभर काँग्रेसको पक्षमा जनलहर सृजना गर्न अगुवाइ गरेका उनि काँग्रेस भित्र बौद्धिक नेताको रूपमा परिचित छन ।
सबै संग घुलमिल हुन सक्ने खुबी भएका पोखरेलले सुन्दरीजल जेललाई वी पी संग्रहालयमा रूपान्तरण गर्नको लागी ०४७ साल देखि ०६१ साल सम्म गरि १४ बर्ष सम्म निरन्तर लागेका उनलाई शाही नेपाली सेनाले पिटेर ब्यारेकमा थुन्ने देखि लिएर १४ बर्षको बिचमा पटक पटक सेनाको पिटाई खाएको उनको अनुभब रहेको छ ।
वी पी,गणेशमान सिंह किसुनजी लगायत जमान सिंह गुरूगं,दिवान सिंह राई,प्रेमराज आंगदम्बे योगेन्द्रमान शेरचन,राम नारायण मिश्र,सूर्य प्रसाद उपाध्याय,शिबराज पन्त जस्ता १० जना राज नेताहरूलाई राजा मह्न्द्रले १७ सालको कू पछी थुनेको जेललाई संग्रहालय बनाउने काममा सेनासंग भिडी रहेका उनि २०३६ सालको जनमत संग्रहमा सुन्दरीजलको सभापति बनेका थिए भने २०६१ मा क्षेत्रीय सभापति,महासमिती सदस्य बनेका थिए ।
२०६२ सालमा निरंकुश राजतन्त्र बिरोधि आान्दोलनको जोरपाटी,चाबहिल र सरस्वति नगर मोर्चाको नेतृत्व गरेका थिए भने ०६१ सालमा पार्टीको निर्देशनमा लोक जागरण कार्यक्रम लिएर रुकुम,रोल्पा,सल्यान,जाजरकोट जस्ता माओबादी यूद्धको अति प्रभाबित जिल्लाहरु पुगेका उनले पार्टीको अबस्था र नेता कार्यकर्ताको समस्या बारेमा पार्टीमा प्रतिबेदन बुझाएका थिए ।