काठमाण्डौ-४ मा हार्ने डरले गठबन्धन फण्डामा उत्रियो,सबै कार्यकर्ता बहस गर्न तयार : नवराज देउजा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका उपसचिव नवराज देउजाले काठमाण्डौ क्षेत्र नं ४ मा चुनाव हार्ने डरले गठबन्धन विभिन्न फण्डामा उत्रिएको आरोप लगाएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई माथि मिथ्या आरोप लगाउदै खनिनु यसैको ज्वलन्त उदाहरण भएको भन्दै देउजाले डा.राजन भट्टराई माथि पनि विभिन्न चरित्र हत्या गर्ने खालका व्यक्तिगत आरोप लगाउने गठबन्धनको प्रयासले हारको मानसिकतालाई दर्साएको धारणा राखेका छन।
काठमाण्डौ क्षेत्र नं ४ को विकासमा डा.राजन भट्टराईले गरेका हरेक कामका वारेमा सार्वजनिक रुपमा बहस र छलफल गर्न नेकपा एमालेका सबै कार्यकर्ता तयार र सक्षम रहेको भन्दै देउजाले क्षेत्र नं ४ मा नेकपा एमालेको मजबुत स्थिति देखेर अत्तालिएको गठबन्धनको हर्कत पानीको फोका बराबर भएको टिप्पणी समेत गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको पहलमा विगतमा भएको कामहरुमा मात्र हैन आगामी दिनमा गर्ने कामहरुका वारेमा समेत बहस गर्न तयार रहेको भन्दै नगर प्रवक्ता भट्टराई विरुद्ध कांग्रेस कार्यकर्ताले सामाजिक संजालमा गरेको रुवावासीलाई केटाकेटीपनको संज्ञा समेत दिएका छन।
स्थानीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका कामहरु र जनताको सेवाका वारेमा पांच वर्ष पछी सार्वजनिक बहस गर्न तयार रहेको भन्दै उनले १५ वर्ष कांग्रेसले नेतृत्व गरेको क्षेत्र नं ४ मा के के भयो भनेर सामाजिक संजालमा हैन जनताको माझमा आउन समेत उनले चुनौती दिएका छन ।
तपाइँको प्रतिक्रिया ।