प्रचारप्रसार र घरदैलोलाइ तीब्र बनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) क्षेत्र नं -३
कपन अनलाइन
काठमाडौं, कात्तिक २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्षेत्र नं ३ मा चुनावी प्रचारप्रसार र घरदैलोलाइ तीब्र बनाएको छ । सोमबार घरदैलोमा भेटिएका नेता, कार्यकर्ता तथा मतदाता उत्साहि देखिन्थे । पर्चा, पम्प्लेट बाड्दै तथा चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा राप्रपाका उम्मेदवारहरुघर घर टोल टोल पुगिरहेका छन् । राप्रपा का नेता तथा काठमाडौं क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार गणेश गिरिले विकास, समृद्धि र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताएका छन । सोमबार काठमाडौं-३ मा घरदैलोका क्रममा आलापोटमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विकास र समृद्धिका लागि राप्रपाले जित्नै पर्ने बताएका हुन् । राष्ट्र र राष्ट्रियताको लागि पनि आफूहरुले जित्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेता गिरिले आफूलाई हार र जितको मतलव नभएको भन्दै आगामी ५ वर्ष काठमाडौं-३ का जनताका लागि काम गर्ने समेत उनले बताए ।प्रतिनिधि सभा उम्मेदवार गिरिले आफूहरुको जित सुनिश्चित भइसकेको दावी गर्दै सनातन हिन्दु धर्म जोगाउनका लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गरेका थिए ।
काठमाडौं क्षेत्र नं ३को कागेश्वरी मनोहरा नगरपालिकाका आलापोट, कृष्णचौर क्षेत्र तथा गागलमा भएको घरदैलो कार्यक्रम प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (ख) का उम्मेदवार कमल सुनार सहित राप्रपाका क्षेत्रीयस्तरका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।